इटहरी:सुनसरीको दुहवीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको नव निर्मित वर्दानी भवनको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा सुनसरी क्षेत्र नं. ३ का सांसद बिजय कुमार गच्छदारले उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै यहाँ राजयोग सेवा केन्द्रको स्थापना हुनु सह्रानीय रहेको उल्लेख गरे । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक ब्रम्हकुमारी राजयोग राज दिदीको उपस्थितिमा गच्छदारले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा जनचेतनामूलक नाटक, नृत्यको आयोजना गरिएको थियो । कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, उपमेयर सुनिता दाहाल (साह) बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझी, गढी गाउँपालिकाका प्रमुख श्रीप्रसाद यादव लगायतले बोलेका थिए ।