धरान : धरान ११ घर भई हाल हङकङ्ग बसोबास गर्दै आएकी समाजसेवी भूमिका मादेन चाम्लिङ्गले आफ्नो जन्मदिनको अवसरमा धरान ४ स्थित रिहेबिटेशन सेन्टरमा भएका कुल १७ जना अपाङ्गहरुलाई आफ्नै हातले खाना, कपडा, तथा केहि नगद सहयोग गरेर जन्मदिन मनाएकी छिन् ।
आफू विदेशमा रहेर पनि हाम्रो दिन प्रतिदिन साँघुरिएर खुम्चिदै गईरहेको समाजको अवस्थामा नेपालको विभिन्न संघ–संस्था मार्फत वृद–वृद्धा, अपाङ्ग, सडक बाल–बालिकाहरुको निम्ति सहयोग गर्दै आएकी समाजसेवी चाम्लिङले यो पटक भने आफ्नो ४० औं जन्मोत्सवमा नेपालमै रहेर उक्त अपाङ्गहरुलाई आफ्नै हातले खाना खुवाउन पाउँदा संसार जितेको महशूस व्यक्त गरेको बताईन् ।
आजभोली प्राय अधिकांश मानिसहरु आफ्नो जन्मदिन मनाउन विभिन्न रेस्टुरा, होटल–बारमा गएर मनाउँछन् । आफ्नो जन्म दिनको खुशिलाई सामाजसेवा गरेर पनि बाँड्न सकिन्छ भन्ने हाम्रो समाजलाई एउटा सुनौलो उदाहरण प्रस्तुत गरेकी चाम्लिङको सेन्टर संञ्चालक भिम राईले बताए ।