सप्तरी : सप्तरीमा मङ्गलबार बिहान वृद्ध दम्पत्तीको शव फेला परेको छ ।
खडक नगरपालिका–५ खरचुहियाका ७० वर्षिय सवुरी साह र उनकी पत्नी ६५ वर्षीया वेचनी साहको शव फेला परेको हो । बिहान ८ बजेसम्म नउठेपछि घरमा हेर्न जाँदा दुबैको शव फेला परेको स्थानीयले बताएका छन् । दुबैको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । दुबैको शरीरको केही भाग जलेको स्थानीयको भनाइ छ ।
घटनास्थल पुगेको प्रहरीले दम्पत्तीको हत्या भएको आशंका गरेको छ । घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।