धरान: इलाका प्रहरी कार्यालय धरानले लागुऔषधसहित एक युवालाई सेउती खोला किनारबाट पक्राउ गरेको छ ।

लागुऔषध बेचबिखन भइरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोली देखेपछि भाग्दै गरेका धरान ५ का २४ बर्षीय सुमन परियारलाई प्रहरीले सोमबार करिब ४ बजे पक्राउ गरेको हो । धरानबाट पानमारा जाने रोड सेउती खोला किनारमा प्रहरी टोलीलाई देखेपछि परियार भागेका थिए ।

प्रहरीले उनलाई पिछा गरेर नियन्त्रणमा लिएपछि शरीर खानतलासी गर्दा उनको साथमा लागुऔषध फेला परेको थियो । इलाका प्रहरी कार्यालयका अनुसार उनको साथबाट एभिल २० एम्पुल, डाईजेलाब २० एम्पुल, लुपिजेसिक २० एम्पुल फेला परेको थियो । उनलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।