विर्तामोड: झापाको अर्जुनधारा नगरपालिका–९ कालिकापीठमा रहेको जयन्तेश्वर शिवालयमा आगामी फागुन १५ गतेदेखि महारुद्री आयोजना गरिने भएको हो ।

महारुद्री यज्ञमा २१ जना ब्राम्हण बटुकहरुद्वारा पाँच दिनसम्म १ हजार ३ सय ३१ आवृत्ति रुद्रीपाठसहित शिव भगवानको विशेष पूजा आरधना हुने कालिकापीठका अध्यक्ष ज्योतिषि पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार कालिकापीठको विकास/विस्तारमा निरन्तर सहयोग गर्दै आएका भारत सिलगढी निवासी भक्त शङ्कर गोयल र समस्त गोयल परिवारको विशेष आयोजनामा महारुद्री महायज्ञ गरिने भएको हो ।

आगामी फागुन २० गते शिवरात्रीको अवसर पारेर समापन गरिने उक्त महायज्ञमा उपस्थित भई धार्मिक लाभ लिन तथा धार्मिक पर्यटकीय क्षेत्र कालिकापीठको अवलोकनका लागि पीठ समितिले समस्त श्रद्धालु भक्तजनलाई आह्वान समेत गरेको छ । पीठले शिवरात्रीका दिन चारैप्रहर शिव भगवानको विशेष पूजा(आरधना गरिने पनि जनाएको छ ।