धरान: धरानबाट धनकुटातर्फ जादै गरेको बस ब्रेकफेल भएपछि ढोकाबाट हाम्फाल्दा एक बृद्धाको मृत्यु भएको छ । आज दिउँसो धनकुटा जादै गरेको को १ ख ७१६९ नम्बरको बस ब्रेक फेल भई धनकुटाको सागुरीगढी गाउँपालिका ७ मा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका करिब ६० बर्षीय वृद्धालाई उपचारको लागि दिउँसो साढे बाह्र बजेतिर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानको आकस्मिक कक्षमा रहेको प्रहरी विटका इञ्चार्ज तिलक गिरीले जानकारी दिए । उनका अनुसार मृत्यु भएका वृद्धको सनाखत हुन सकेको छैन ।
'कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्, मृत्यु हुनेको नाम, ठेगाना पनि खुलेको छैन,'सई गिरीले भने,'हामीले शवलाई मर्चरीमा लगेर राखेका छौ ।' बिहान करिब साढे ११ बजेतिर बस ब्रेकफेल भएको प्रहरीको भनाई छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् । बस ब्रेकफेल भएर दुर्घटना हुने बेला मृतक वृद्धा ज्यान जोगाउन हाम्फालेको बताइएको छ ।