धरान : सुनसरीको कोशी गाउँपालिका ३ प्रतिट टोलमा बिहीवार अर्नाको आक्रमणबाट १ जना घाइते भएका छन् ।
साँझ सवा ७ बजे सोही स्थान बस्ने ३५ वर्षीय बुधनिदेवी उराँवलाई घरमा बसिरहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो । अर्नाको आक्रमणबाट घाइते उरावलाई तत्काल जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारको लागि विराटनगर नोबेल अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।