पथरी: घाइते अवस्थामा फेला परेको चित्तललाई मोरङको पथरीशनिश्चरेस्थित मनकामना सामुदायिक वनले उद्दार गरेर उपचार गरेको छ ।
बेलबारी पथरी जंगल खण्डमा टाउकोमा चोट लागेको अबस्थामा फेला परेको चित्तललाई इलाका वन कार्यालय बेलबारीको सहयोगमा उद्दार गरी मनकामना सामुदायिक वनमा ल्याइएको थियो । सो वन समुहमा ल्याएर चित्तलको उपचार गरिएको हो । टाउकोमा चोट लागेर सिङ भाँचिएको अवस्थामा चित्तल फेला परेको थियो ।
उक्त भाले चित्तलको स्थानीय भेटरिनरी प्राबिधिकले उपचार गरेका थिए । उपचार पश्चात चित्तललाई संरक्षित वनमा नै लगेर छोडिएको वनका पदाधिकारीहरुले बताएका छन् ।