धरान: उडायो, सपना सबै हुरीले...यो गीत नसुन्ने र नगाउने सायदै कोही नेपाली होलान् । यो गीत वलिउडमा समेत स्थापित गायक, कलाकार मुरलीधर मिजारले गाएका हुन् ।

उनको पुख्यौली जन्मथलो सिरहाको लहान हो भने ससुराली विराटनगर हो । थुप्रै नेपाली र हिन्दी चलचित्रमा अभिनय गरेर तथा आफ्नो स्वरबाट पनि परिचित गायक मुरलीधरलाई धरानेहरुले प्रत्यक्ष सुन्न पाउने भएका छन् । उनलाई मन्नत इन्टरटेनमेन्ट धरानले यही फागुन २७ गते धरानमा प्रस्तुत गर्न लागेको हो । फागुन २७ गते धरानको गार्खा डिर्पाटमेन्ट स्टोरमा मुरलीधर साँझ २०७५ आयोजना हुदैछ ।

आयोजक संस्थाका सञ्चालक तथा समाजसेवी सत्रुघन अन्सारीका अनुसार मुरलीधर साँझमा टिकटदर मात्र ५ सय हुनेछ । यो टिकटमा डिनर(साँझको खाना) पनि स्रोताहरुलाई उपलब्ध गराइनेछ । कार्यक्रममा करिब साढे ३ सय दर्शक, स्रोता रहने उनले बताए । मुरलीधरका अनन्य मित्रसमेत रहेका अन्सारीले अन्र्तराष्ट्रियक्षेत्रमा पनि स्थापित नेपाली कलाकारलाई सम्मान स्वरुप कार्यक्रम आयोजना गरिन लागेको बताए । ‘म आफै पनि कला क्षेत्रसँग जोडिएको मान्छे हुँ, मुरलीधरसँग लामो समयदेखि मित्र हुँ,’अन्सारीले भने,‘राष्ट्रिय कलाकारलाई सम्मान गरौ भनेर यो कार्यक्रम गर्दैछौ ।’

52857902_784675741900521_83

धरानमा आउनुअघि कलाकार मुलरीधरलाई जनकपुरमा पनि फागुन २३ मा अभिनन्दन गरिनेछ । त्यसपछि उनी धरानमा सांगीतिक कार्यक्रम लिएर आउनेछन् । त्यसक्रममा उनलाई धरानमा पनि सम्मान गरिनेछ । मुरलीधरको चर्चित गीत उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाए, चिसो चिसो सिरेटोमा, तिम्रो आँखाको भाका..लगायत थुप्रै चर्चित गीतहरु छन् । उनले नेपाली गीतहरु डेढ सयको संख्यामा गाएका छन् भने हिन्दी, मैथीली र भोजपुरी गीतहरु पनि थुप्रै गाएका छन् ।

मुरलीधर गीत,संगीतमा मात्र होइन, नेपाली र थुप्रै हिन्दी चलचित्रमा पनि अभिनय गरेका छन् । उनको पनि अभिनय रहेको हम आजाद है, मिस्टर इण्डिया चर्चित फिल्म हो । यस्तै, नेपाली चलचित्रमा साइनो, कन्यादान, पीरती, सम्झनालगायत पछिल्लो समय निखिल उप्रेतीको भैरवमा पनि अभिनय गरेका छन् । भोजपुरी र मैथिली फिल्म बनाएका पनि छन् । उनको श्रीमति विष्णुमाया र २ छोरा छन् ।