मोरङ : कानेपोखरी गाउँपालिका ७ बरगाछी स्थित राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

शुक्रबार साझँ साढे ४ बजे तिम्सिनाको घरको दोस्रो तल्लाको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छुनगई काम गर्ने बेलबारी नगरपालिका ७ डाँगीहाट बस्ने २० वर्षीय नबिन खवास र सोही रड समात्ने कानेपोखरी गाउँपालिका ७ बस्ने ३५ वर्षीय सागर तोलाङ करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगीएकोमा उपचारको क्रममा पौने ७ बजे सागरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।