धरान (डेस्क) : काठमाडौं, चन्द्रागिरी नगरपालिका २ स्थितबाट झापा कन्काई नगरपालिका ५ घर भएका २० वर्षीय सागर बिकलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी विभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौं लग्दैँ गरेको ना.५ ख ४७८५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।