झापा : मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट लागुऔषध खैरो हिरोईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो शिवसताक्षी नगरपालिका ३ बस्ने २६ बर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका कार्कीलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।