इटहरी: १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरी उपमहानगरपालिकाले महिला उद्यमीले उत्पादन गरेको समाग्री प्रर्दशनी गर्ने भएको छ ।

फागुन २२ र २३ गते प्रर्दशनी लगायतका बिभिन्न कार्यक्रम गरेर चार दिन सम्म दिवस मनाउन लागिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । फागुन २१ गते खनारमा मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यमा महिला मजदुरको स्वास्थ्य परीक्षण गरि दिवसको शुभारम्भ गरिने छ । फागुन २४ गते कृषि तथा पशुपंक्षि विकास राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिने छ । फागुन २३ गते विहान सय भन्दा वढि महिलाको सहभागितामा म्याराथुन दौड आयोजना गरिएको छ । फागुन २३ गते नै अन्तरमावि स्तरीय वक्तृत्वकला गरिने छ ।

प्रतियोगितामा छात्राहरुले वर्तमान राज्य संरचनामा महिला सहभागिता र श्रमिक महिला दिवसको विषयमा वोल्ने छन । २२ गते मेलमिलापकर्ताको हाजिरीजवाफ प्रतियोगिता गरिने भएको छ । यसैगरि विभिन्न सात ठाँउमा स्वास्थ्य शिविर गरि पाठेघर खस्ने समस्याको जाँच र पाठेघरको मुखको क्यानसरको जाँच गरिने कार्यक्रम तय गरिएको छ । यस बर्ष लैङ्गिक समानताका लागि समान सोच र ब्यवहार,सम्वृद्धिको आधार भन्ने मूल नाराका साथ आठ मार्चका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदै छ ।