इटहरी: महा शिवरात्रीको अवसर पारेर सुनसरीको मधेलीमा वह्मकुमारी राजयोग सेवा केन्द्र प्रदेश नम्वर १ ले महा शिवरात्री शान्ति महोत्सव आयोजना मनाएको छ ।

वह्मकुमारी राजयोग सेवा केन्द्रले प्रदेस नम्वर १को केन्द्र तथा पिस पार्क निर्माण गर्ने योजना सहित निर्माण कार्य हुदै आएको मधेलीमा महा शिवरात्री महोत्सव आयोजना गरेको हो । वह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको धार्मिक महोत्सवमा प्रदेश नम्वर १ का प्रमुख प्रा.डा. गोविन्द तुम्वाहागं, प्रदेश नम्वर १ की उप सभामुख सरस्वती पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

snapshot_013

वह्मकुमारी राजयोग सेवा केन्द्र प्रदेश नम्वर १ की सञ्चालिका गिता दिदीको अध्यक्षता भएको धार्मिक शान्ति महोत्सवमा पिस पार्क सहितको प्रदेस नम्वर १ को केन्द्र निर्माणका विषयमा तुलसी उप्रेतीले जानकारी गराए । कार्यक्रममा वह्मकुमारी राजयोगका विषयमा इटहरीकी सञ्चालिका शारदा दिदी लगायतले वोलेका थिए । धार्मिक महोत्सवमा धार्मिक झाकी सहित ठुलो संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो भने भगवान शिवले गरेको नृत्य ताण्डव नृत्य समेत वालवालिकाहरुले प्रस्तुत गरेका थिए ।