सुनसरी: सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेबाट स्पास्मोप्रोक्सिवनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राती करिब साढे १० बजे अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ईटहरीबाट धरान जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोमा सवार धरान १५ का ३६ बर्षीय बिकास लामा, धरान ६ का २४ बर्षीय दिनेश खड्का, धरान ५ का ३७ बर्षीय जसबहादुर राई र धरान ६ का २४ बर्षीय बिभष तामाङलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र १ बोतल डाईलक्स डि.सी. वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका ४ जनालाई नै ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानएको छ ।