उदयपुर: उदयपुरको कटारी नगरपालिका ४ सिद्धिचरण लोकमार्गमा बुधवार ट्रकको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
बिहान करिब सवा ११ बजे मिचैयाबाट ओखलढुंगातर्फ जाँदै गरेको गरेको ना ४ ख ८८९८ नम्बरको ट्रकले सडकमा हिँडीरहेका कटारी नगरपालिका ५ सिसाघारीका ५ बर्षीय मौसम राईलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मकवानपुर हेटौँडा नगरपालिका १ बस्ने बर्ष २४ को दिनेश भन्ने बल बहादुर तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।