इटहरी:युवा रेडक्रस सर्कलको आयोजनामा विपद् ब्यबस्थापन सम्बन्धि पूर्व तयारी कार्यक्रम इटहरीको जनता क्याम्पसमा सम्पन्न भएको छ ।
युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार मानिसलाई जुनै बेला पनि आपत् बिपद् पर्ने भएकाले आँफूहरु सचेत रहनका लागि कार्यक्रमको आयोजना गरिएको हो । ‘विपद् जुनसुकै बेला पनि आइपर्न सक्छ, त्यसैले यसको पूर्व तयारीको लागि सन्देशमूलक र जनचेतनामूलक गरेका हौ,’काफ्लेले भने । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले मुलुकमा सवारी दुर्घटनाबाट धेरै मानवीय क्षती भइरहेको उल्लेख गर्दै यसको न्यूनिकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
मन्त्री कार्कीले जोखिमपूर्ण कामको लागि नेपाली सेना र सशस्त्र प्रहरीले विशिष्ट स्थान हासिल गरेको भन्दै प्रशंसा गरे । ‘युवाहरुले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु सराहनीय रहेको छ, स्थापित र कुशल नेतृत्वकर्ताका लागि शुभकामना छ,’ उनले भने । कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, जनता बहुमुखी क्याम्पस भोजराज श्रेष्ठ, रेडक्रस जिल्ला, तथा विभिन्न शाखाका आमन्त्रित अतिथि लगायतको उपस्थििति रहेको थियो । उनीहरुले युवाको नेतृत्वमा महत्वपूर्ण र विशिष्ट कार्यक्रमको आयोजना गरेको भन्दै प्रसंसा गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसकी प्रध्यापक कृष्णकला राई र युवा रेडक्रस सर्कल जनता क्याम्पसका सचिव चन्द्र किराँतीले गरेका थिए ।