सुनसरी:१०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा अन्तर मेलमिलाप समिति स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

इटहरी उपमहानगरले आयोजना गरेको प्रतियोगितामा वडा नम्वर १७ र १८ को समूहका जिरा खातुन,गीता आर्चाय र इन्दिरा आर्चायको टोली प्रथम भएको छ । यसैगरि वडा नम्वर १९ र १६ का इन्दिरा राई,उर्मिला राई विना चौधरी र धनमाया विकको टोली दोश्रो भएको छ । वडा नम्वर ४ र २० का लक्ष्मी चापाँगाई,पार्वता वराइली,दिलकुमारी राई,र कुमारी विकको टोली तेश्रो भएको छ ।

कुल ८ टोली सहभागि प्रतियोगितामा स्थानीय तह र मेलमिलाप सम्वन्धि प्रश्न गरिएको थियो । इटहरीका सवै वडामा मेलमिलाप समिति गठन गरिएको छ ।मेलमिलाप समितिका मेलमिलापकर्ताहरुमा स्थानीय तह र मेलमिलाप सम्वन्धि ज्ञान अझै अभिवृद्धि होस भनेर कार्यक्रम आयोजना गरिएको हो ।