इनरुवा: सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ निवासी बिद्या सागर चौधरीको घरमा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।
आगलागीबाट चौधरीका छिमेकी रवीलाल चौधरी घरमा समेत सामान्य क्षति पुगेको छ । वुधबार बेलुका ४ बजेर ३५ मिनेट लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताएका छन् । यसैगरि, वुधबार नै सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का ब्राहदेव शर्मा र रामदेव शर्माको ३ वटा परालको टालोमा आगलागी भएको छ । आगोले ३ वटा टालो पुर्णरुपले जलेर नष्ट भएको सशस्त्र प्रहरी बल कप्तानगंजले जानकारी दिएको छ।

भन्सा गरेर फालेको छरबाट सल्केको आगोबाट आगलागी भएको स्थानीयबासीहरुले बताएका छन् । आगो बेलुका ४ बजेर ३० मिनेटको समयमा अचानक सल्केको थियो । आगोबाट ५० हजार मुल्य बराबरको पराल जलेको प्रहरीले बताएको छ । दुहबीमामा लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल, प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । देवानगंजमा इनरुवाको दमकल, सशस्त्र प्रहरी बल कप्तानगंज, इलाका प्रहरी कार्यालय देवानगंज स्थानीय बासिन्दाहरुले आगो नियन्त्रणमा लिएको थियो ।