इटहरी: युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसद्धारा आयोजीत रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको छ ।बिपद् ब्यबस्थापन सम्बन्धी पूर्व अभ्यास तथा रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको हो ।
रक्तदानमा नेपाली सेना, शशस्त्र प्रहरी बल, क्याम्पसका प्रध्यापक, विद्यार्थी लगायतले रक्तदान गरेका थिए । मानिसलाई जुनसुकै बेला पनि विपद् पर्ने र त्यसबेला रगत अभाव हुने कुरालाई महसुस गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले जानकारी दिए ।