इनरुवा : सुनसरीको इनरुवामा एक सय नवौं अन्तरराष्ट्रिय नारी दिवसमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने भएको छ ।
लैगिंक हिसाँ नियन्त्रण जिल्ला सञ्जाल सुनसरीले विभिन्न कार्यक्रमका साथ महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने भएको हो । दिवस अर्थात ८ मार्चमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने र शुक्रबार विहान प्रभातफेरी कार्यक्रम गर्ने भएको सञ्जालले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजकत्वमा बसेको लैगिंक हिंसा नियन्त्रण जिल्ला सञ्जालको बैठकले मार्च ८ का दिन शुक्रबार प्रभातफेरी र सम्मान गर्ने निणर्य गरेको हो । उपरीक्षक अधिकारीले जिल्लामा पाँच सय बढी सरोकारवालाहरुको सहभागितामा प्रभातफेरी गर्ने तयारी भएको जानकारी दिए ।
उनले कार्यक्रमलाई सार्थक पार्नका लागि जिल्ला सञ्जाल सहित विभिन्न संघ संस्थाहरु र महिलाहरुको सहभागिता अनिवार्य गरिएको बताए । बैठकमा सञ्जालका सितोश पोखरेल, विनुमाँया बस्नेत, तोया गिरी, तिर्थ अधिकारी, जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।
वैठकले इनरुवाको भगवती माविबाट प्रभातफेरी सुरु गर्ने, त्यसपछि एड्भान्स एफएम अगाडी हुदै, सुपर मार्केट लोकतान्त्रिक चौक, शान्तिचौक सहित बसचौकमा कोण सभा गर्ने निर्णय गरेको छ ।
जिल्लामा दिवसको सार्थक सन्देशका लागि महिला अधिकारका क्षेत्रमा योगदान गर्ने नारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको जनाएको छ ।