संखुवासभा: संखुवासभाको मादी नगरपालिका ५ ढाडेगाउँबाट प्रहरीले गए राती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थानसहित दुई व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय बुद्धिमान तामाङ र ३६ बर्षी संजय तामाङ रहेका छन् । हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।