धरान (डेस्क) : मोरङको विराटनगर महानगरपालिका १२ मा बिहीवार दिउँसो ट्याक्टरको ठक्करबाट १ जना पैदल यात्री महिलाको मृत्यु भएको छ ।

दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर १६ बस्ने ५० वर्षीय ठेकनीदेवी रायलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका ३ अमरफाड बस्ने ४० वर्षीय रामा पहाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।