धरान (डेस्क) : उदयपुरको त्रियुगा नगरपालिका ७ गुन्टेमा शुक्रवार ईनारमा डुबेर १ जनाको मृत्यु भएको छ ।

बिहान ११ बजे सोही स्थानमा रहेको सार्वजनिक ईनारमा डुबेर सोही स्थान बस्ने ६५वर्षीय सन्त बहादुर दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।