झापा: दमकस्थित बेलडाँगी शिविरमा गएराति आगलागी भएको छ । आगलागीबाट ३ वटा टहरा जलेर नष्ट भएका छन ।
दमकबाट गएको दमकल र स्थानीयको सहयोगमा आगो केहि घण्टापछि नियन्त्रणमा आएको थियो । भूटानी शरणार्थी हर्क बहादुर बस्नेतको टहरावाट सुरु भएको आगोले ३ घरमा पूर्ण क्षति पुगेको दमकका प्रहरी प्रमुख श्यामल शुब्बाले जानकारी दिनुभएको छ ।