धरान : विश्वभर १३ मार्चका दिन मनाईने रोट्रयाक्ट दिवसको अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रोट्रयाक्ट क्लब धरान घोपाले पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि विश्व रोट्रयाक्ट सप्ताह २०१९ भव्य रुपमा मनाउने भएको छ ।
प्रतिष्ठान हाताभित्र रहेको क्लबको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी रोट्रयाक्ट क्लब धरान घोपाले फागुन २७ देखि चैत्र ३ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । रोट्रयाक्ट क्लब समुदायमा आधारित स्वार्थभन्दा माथि सेवा र सेवाद्धारा साझेदारीमा विश्वास गर्ने समाज सेवा, व्यक्तित्व विकास, नेतृत्व विकास लक्ष्य लिएको अन्तर्रा्ष्ट्रिय क्लब हो । रोट्रयाक्ट क्लब सन् १९६८ मार्च १३ का दिन स्थापना भएको हो भने नेपालमा सन् २००४ जुन २९ का दिन स्थापना भएको हो । क्लबमा १८ देखि ३० वर्षसम्मका युवाहरु समावेश भएका हुन्छन् । उनीहरुले समुदायमा विकासका पूर्वाधारका हिसावले पछाडी परेका तथा विपन्न समुदायमा स्वास्थ्य, चेतनामूलक र परोपकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विवेक मेहताले बताए ।
सप्ताहव्यापी कार्यक्रमको जानकारी दिँदै क्लबका सचिव उर्मिला देवानले भनिन्,‘हामीले व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिँदै सामाजिक परोपकारका कार्यमा विशेष ध्यान दिएका छौं ।
फागुन २७ गते फुटसल, टी–सर्ट रिलिज, फागुन २८ गते डिबेट, टीटी, ब्याडमिन्टन, परीयर्स, आइ स्माइल, फागुन २९ गते क्रिसकल, टीटी÷ब्याडमिन्टन, वी सरभाइभ टु सर्भ, फागुन ३० गते फुटबल, वी सरभाइभ टु सर्भको आयोजना गरिएको छ । त्यसैगरी चैत्र १ गते कुवीज, क्राफ्ट एक्जीवीसन, स्लो स्कुटी एण्ड बाइक रेस, चैत्र २ गते भीवोबी एण्ड आरडीएस, क्लीनीङ क्याम्पेन र चैत्र ३ गते डान्स पार्टीको आयोजना गरिएको छ ।’
सप्ताहव्यापी कार्यक्रमका अवसरमा क्लबले नृत्य र बक्तृत्वकला प्रतियोगितामा ६÷६ जनाको प्रस्तुती देखाउने भएको छ । उनीहरुको केहि दिन अघि अडिसन सम्पन्न भएको थियो । सोही क्रममा धरानको रेल्वे, ज्ञानचक्षु विद्यालय, छाताचौक लगायतका क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने भएको छ । आँखा, दाँत लगायतका प्राथमिक उपचारको शिविर सञ्चालन गर्ने भएको छ भने स्वाथ्य प्रबद्र्धनका लागि पाठेघर, फिस्टुला लगायतका बिरामीलाई विशेषज्ञसहित विभिन्न क्षेत्रमा सेवा दिने भएको छ । प्राथमिक उपचार सम्बन्धी ट्राफिक प्रहरीलाई तालिम प्रदान गरिने क्लबले जानकारी गराएको छ । सप्ताहव्यापी कार्यक्रमको समापन १७ मार्च अर्थात चैत्र ३ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको द सहारा हलमा हुने जानकारी गराइएको छ ।


































































