धरान (डेस्क) : मेचीनगर नगरपालिका १५ धुलाबारी चन्द्रगढी सडक खण्डमा आइतवार ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका झापा बाह्रदर्शी गाउँपालिका ३ बस्ने ६२ वर्षीय चुनु हेमरनलाई बिहान सवा ११ बजे ठक्कर दिएको थियो । ठक्करबाट हेमरनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।