धरान (डेस्क) : सुनसरीको कोशी गाउँपालिका ३ मा आइतवार अर्नाले हानेर १ जना घाइते भएका छन् ।
विहान साढे १० बजे आफ्नै वारीमा तोरी उखेल्ने क्रममा सोही स्थान बस्ने ३५ वर्षीय प्रदिप उरावलाई कोशीटप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले हानेको थियो । अर्नाले हानेर घाइते भएका उरावलाई उपचारको लागि धरान स्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।