झापा : झापाको कचनकवलमा खाना पकाउने ग्याँसको सिलिण्डर लिक भएर आगलागी हुँदा छ जना घाइते भएका छन् ।
सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्राकुमारी यादव घाइते भएका हुन् ।
उनीहरुको ओमसाइ पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।