धरान (डेस्क) : भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय १ बृद्ध गम्भीर घाईते भएका छन् ।
कटारी नगरपालिका १ बस्ने ७७ बर्षीय नैन बहादुर पहारी नेवार मङगलबार विहान स्थानीय चुरीया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परी घाईते भएका हुन् ।
भालुको आक्रमणमा परी वृद्ध घाईते भएको जानकारी पाउना साथ प्रहरी चौकी बेलस्रोतबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।