पथरी: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबारे थापाचोकबाट एक आरोपिलाई पक्राउ गरेको छ ।

प्रहरीले उर्लाबारी ३ थापा चौकका चन्द्रमणी आचार्यलाई पक्राउ गरेको हो । आचार्यले लेटाङ घर भएकी एक बालिकालाई करणी गरेको आरोपमा नियन्त्रणमा लिएको उर्लावारी प्रहरीका प्रमुख प्रहरी निरीक्षक राम तिम्सिनाले जानकारी दिए ।

आचार्यले ती बालिकालाई फोन गरी तिम्रो लागि गिफ्ट ल्याई दिएको छु कानेपोखरी आउनु भनि प्रलोभनमा पारी आफ्नै घरमा पटक पटक जबरजस्ती करणी गरेको उर्लावारी प्रहरीले जनाएको छ ।