काठमाडौं : पोखराको दुई स्थानमा आज विहीबार बिहान बम फेला परेको छ ।
पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ ।
केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् ।