संखुवासभा : ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ। संखुवासभा पाँचखपन नगरपालिका–८ सुनखानीमा ट्याक्टर दुर्घटना हुदाँ भोजपुर नगरपालिकाका–२ छिरीङ शेर्पाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरीले जनाएको छ।

ना ५ त २३३० नम्बरको ट्याक्टर बुधबार साँझ सडकबाट १५० मिटर तल खस्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। ट्याक्टर चैनपुर नगरपालिकाबाट पाँचखपनको वानातर्फ जाँदै गर्दा सडकबाट १५० मिटर तल खसेको थियो। मृतक शेर्पाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरी निरीक्षक राईको भनाइ छ।