भद्रपुर : गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट सम्बन्धविच्छेदका मुद्दा दर्ताको क्रम बढेर गएको पाइएको छ ।
झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका ५ सय १५ वटा मुद्दा परेका छन् । जसमध्ये महिलातर्फबाट ३ सय र पुरुषले २ सय १५ वटा मुद्दा दर्ता गराएको जिल्ला अदालत झापाले जनाएको छ । गत भदौँ १ देखि फागुन मसान्तसम्मको यो तथ्याङ्क देखिएको दायरी फाँटका कर्मचारी राजीव गुरागाँइले जनाए । माघ र फागुनमा मात्र महिलाले ७७ र पुरुषले ३६ वटा मुद्दा दर्ता गराएको गुरागाईले बताए । दर्ता भएकामध्ये दुवैतर्फ गरी २ सय ५४ वटा मुद्दा फछ्र्यौट भइसकेको निमित्त श्रेस्तेदार योगेन्द्रप्रसाद आचार्यले बताए । महिला र पुरुषको चाँहि कति मुद्दा फछ्र्यौट भए मनेर छुट्टयाउने काम पुरा पूरा भइनसेको निमित्त श्रेस्तेदार आचार्यको भनाइ छ ।
–ब्लाष्ट टाइम्स दैनिबाट