विर्तामोड: झापा जिल्लामा १७ महिना जिल्ला ट्राफिक कार्यालयको प्रमुखको जिम्मेवारी संहालेका प्रहरी निरीक्षक राजेश राई सुनसरीको इटहरी सरुवा भएका छन् ।
उनको एक कार्यक्रममा विर्दाइ गरिएको छ । उनी जिल्ला ट्राफिकको नेतृत्व सम्हाल्न आइपुग्दा वालक हत्याकाण्ड विरुद्धको आन्दोलनले कार्यालयको भवन तोडफोड भएको थियो । राईले तोडफोड भएको कार्यालय मर्मत गर्दै रंग रोगन गरी पुरानै अवस्थामा संचालनमा ल्याएका थिए । त्यसैगरी कार्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराएर प्रहरी महानिरीक्षकबाट उनले शिलान्यास गराएका थिए । झापाकै गौरादह नगरपालिका भित्र ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

झापाबाटै दुर्घटना न्यूनीकरण महाअभियान शुरु भएको थियो । यो अभियानको शुरुवात गर्न विरता जेसिस, साहारा नेपाल साकोस लगायत विभिन्न सामाजिक संघ संस्थाले साथ दिएको थियो । ट्राफिक प्रहरीलाई आराम गर्न सुविधा होस भनेर व्यारेकमा डबल टेगर खाटको व्यवस्था गरेका थिए भने जनचेतनाका लागि ५५ ईन्चको टि.भी. मुक्ति चोकलगायत मुख्य शहरहरुमा जडान गरेका थिए ।
उनले चोरी नियन्त्रणतर्फ ४ थान मोटरसाईकल भन्सार कार्यालयमा बुझाएका थिए भने एक थान मोटरसाईकल सम्बन्धित धनीलाई नै बुझाएका थिए । राजश्वमा उल्लेख्य बृद्धि भएको, दुर्घटना संख्या र मृत्युदर कम गर्न पनि उनी सफल भएको दाबी छ । आफ्नो प्रयास र सबैको साथ पाएमा जस्तोसुकै चुनौती पनि चिर्न सकिन्छ भन्ने सन्देश झापाबाटै सिकेको राईले बताए ।