लहान : चोरी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट चोरी मुद्दामा सजाय पाएर फरार सिरहाको नबराजपुर गाउँपालिका ५ निवासी ३० वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा यादवलाई पक्राउ गरेको जनाएको छ ।