धरान: नेपाल तामाङ घेदुङ सुनसरीले घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले र सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई आर्थिक सहयोग गरेका छन् ।
अध्यक्ष गोलेको उदयपुर गाइघाटस्थित दश धुर जग्गा सडक विभाग तथा नापीको लापारवाहीवाट सडकको नाममा पर्न गएपछि उनलाई सहयोग गरिएको हो । उनले आर्थिक अवस्था र घेदुङको अध्यक्षको हैसियतले तामाङ लगायत समग्र आदिवासी जनजाति समुदायको उत्थानको आन्दोलनमा निर्वाह गरेको भुमिकाको मुल्यांकन गर्दे सहयोग गरिएको घेदुङले जनाएको छ । उनलाई घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान र नगर सदस्य चित्रा पाख्रिनको पहलमा १ लाख ४२ हजार ८ सय ५५ रुपैया संकलन गरी आवास निर्माणमा सहयोग गरिएको हो ।

यस्तै, नेपाल तामाङ घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान, नेपाल तामाङ घेदुङ संस्कृति घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान ८ र धरान १६ इकाईको पहलमा लामो समयदेखि मुटु र मृगौला सम्बन्धि रोगबाट पीडित सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई पनि सहयोग गरिएको छ । उनको स्वास्थ्य उपचारको लागि २१ हजार सहयोग प्रदान गरिएको घेदुङले जनएको छ । गोले र पाख्रिनलाई घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतले प्रदान गरेका थिए ।