धरान: धरान वडा नं १५, महादेव चोकस्थित लुना ट्रेडर्समा आज आगलागी हुदा करिब १६ लाख रुपैया बराबरको क्षति पुगेको छ ।
आज बिहान करिब ११ बजेतिर हार्डवेयरमा अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति भएन । तर, हार्डवेयरको समानहरु भने जलेर नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ । धरान र इटहरीको दमकलका साथै स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको उनले बताए ।
ट्रेडर्स सञ्चालक अमृत लिम्बू हुन् । आगलागीको कारण ग्याँस पड्किएर भएको हुनसक्ने बताइएको छ । तर, प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित परिवारले करिब १६ लाख क्षति भएको बताए पनि लिखितरुपममा कार्यालयमा जानकारी साँझसम्म पनि आइनपुगेको डिएसपी तिम्सिनाले बताए ।