मोरङ: मोरङको विराटनगर महानगरपालिका १५ बसपार्क नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सुनसरी बराह नगरपालिका १ का २० बर्षीय मोहन साहलाई पक्राउ गरेको हो । साहको साथबाट प्रहरीले डाईजेल्याब ५५ एम्पुल, एभिल ५५ एम्पुल, लुपिजेसिक ५५ एम्पुल र स्पास्मोप्रोक्सिभन ८ चक्कि बरामद गरेको जनाएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।