इटहरी: धरानबाट बिराटनगर जाँदै गरेको बसबाट छुटेको ब्याग ट्राफिक प्रहरीले सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेको छ ।

धरानबाट बिराटनगर जाँदै गरेको को १ ख २५७८ नम्बरको बसबाट तरहरामा नै ब्याग छुटेपछि तरहरा ट्राफिक प्रहरीका इन्चार्ज प्रहरी हवल्दार भुवन बिकले ब्यागमा रहेको भारु ६१ हजार सहित ब्याग सम्बन्धित ब्यक्ति बराह १ का २४ बर्षीय भुपाल राईलाई फिर्ता गरेको हो । तरहरामा अरु नै प्यासेन्जरको भनेर सहचालकले ब्याग झारेपछि ट्राफिकले उक्त रकमसहित ब्याग हस्तान्तरण गरिएको हो । 'हामीले ब्याग हराएको केही बेरमै सम्बन्धित धनीलाई फिर्ता गर्यौ,'उनले भने ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलले नगदसहितको ब्याग राईलाई हस्तान्तरण गरेका थिए । आफूले हराएको सामान फिर्ता पाएपछि भुपाल राईले ट्राफिक प्रहरी प्रति कृतज्ञता ब्यक्त गरे । उनले भने,'ट्राफिक प्रहरीको यो कामले आँफूले माया मारेको सामान फिर्ता पाउँदा उत्साहित छु ।'