सुनसरी: कोशीटप्पु बन्यजन्तु आरक्षणको अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका १ मा बुधवार एक व्यक्ति घाइते भएका छन् ।

अर्नाको आक्रमणबाट ४२ बर्षीय भगवान मण्डल घाइते भएका हुन् । मण्डललाई बिहान ७ बजे घर नजिकै रहेको खेतमा पानी लगाई रहेको अवस्थामा आरक्षबाट निस्किएको जंगली अर्नाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते मण्डललाई उपचारको लागि स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।