सुनसरी: प्रदेश नम्बर १ अन्तर्गत मोरङ र सुनसरी जिल्लामा बुधवार बिहान भएको आगलागीबाट अन्दाजी २ लाख ६ हजार मूल्य बराबरको क्षति भएको छ ।

मोरङ बेलवारी नगरपालिका २ धर्मध्वज कटुवालको ग्वाली घरमा बिहान आगलागी हुँदा करिब १ लाख मूल्य बराबरको क्षति भएको हो । बिहान साढे ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ग्वाली घरसहित काठपात जलेर नष्टभएको थियो । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

त्यसैगरी सुनसरी देवानगंज गाउँपालिका १ मध्येहर्साहीका प्रकाश यादवको कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी १ लाख ६ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान सवा ९ बजे यादवको बाँसको टाटी बेरा भएको कुखुरा फर्ममा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा ५ वटा कुखुरा सहित कुखुरालाई खुवाउने दानापानी जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हरीनगराले जनाएको छ ।