झापा: झापाको कन्काई नगरपालिका स्थित ९ घैलाडुब्बामा बुधवार मोटरसाईकल दुर्घटना हुँदा १ जना भारतीय नागरिक घाइते भएका छन् ।

बिहान साढे ११ बजे भित्री सडक खण्डमा घैलाडुब्बाबाट बिर्तामोड आउँदै गरेको मे ७ प ९५९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक भारत घर भई हाल बिर्तामोड नगरपालिका २ मा अम्बे प्लाई फ्याक्ट्रिमा काम गर्दै आएका २५ बर्षीय बादल नाम गरेका युवा घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।