धरान(डेस्क) : ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरको दर्शन गरी फर्कदै गरेका एक तिर्थालुको बुधबार साँझ मृत्यु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका ६१ वर्षीय कृष्णहरि थापाको मृत्यु भएको हो । मन्दिरको दर्शन गरी फर्कदैँ गर्दा कान्छीथान मास्तिर चन्द्रमा भन्ने स्थानमा आइपुग्दा विरामी परेका उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याएको केही समयपछि मृत्यु भएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिए । कृष्णहरि ३५, ३६ जनाको टोलीसंग ताप्लेजुङ आएका थिए ।


































































