धरान: हिजो पहाडी जिल्लाहरुमा धुमधामले मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा भव्यरुपमा आम सर्वसाधारण नेपालीहरुले मनाइरहेका छन् । धरान तराई र पहाडको संगमस्थल हो । त्यसैले यहाँ होलीको पहिलो दिन हिजो बुधबार पनि एकआपसमा रंग, अबिर दलेर होली मनाइयो भने आज दोस्रो दिन पनि धुमधामसँग होली पर्व मनाउने क्रम जारी छ ।

holi6

अहिले धरानको बजार प्रायः बन्द छ, र सबै होली मनाउन हिडिरहेका छन् । धरानको भानुचोकमा भव्यरुपमा होलीको अवसरमा सांगीतिक कार्यक्रम भइरहेको छ । त्यहाँ मात्र होइन, चोक चोकमा गीत,संगीतमा धरानेहरु रमाएका छन् । समुह समुह बनाएर युवायुवतीहरु मात्र होइन, बुढापाका, केटाकेटीहरु होली मनाइरहेका छन् । संघसंस्थाहरुले पनि होली मनाउछन् । धरानेहरु होली पर्व मात्र होइन, जुनसुकै धर्म, जाति वा सँस्करको भएपनि चाडपर्व मनाउन माहिर छन् ।

फागु अर्थात होली पर्व उद्भाव, सहिष्णुता र आत्मियता साटासाटको पर्व बनेको छ । उहिले तराईको जिल्लाहरुमा मात्र केन्द्रीत यो पर्व अहिले सबै नेपालीहरुको साझा पर्व बन्दै गइरहेको छ । होली पर्व असत्यमाथि सत्यको विजय भएको प्रतिककोरुपमा मनाउने गरिन्छ ।

IMG_20190321_122121 holia IMG_20190321_131137 IMG_20190321_135048 IMG_20190321_114349 holias IMG_20190321_135015 IMG_20190321_121747 IMG_20190321_112430 IMG_20190321_135051 IMG_20190321_135108 IMG_20190321_135134