धरान: हरेक बर्ष झै सुनसरी र धरानका पत्रकारहरुले होली पर्वलाई धुमधामसँग मनाउने गरेका छन् । यसपाली पनि नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा बिषेश गरी धरानमा कार्यरत पत्रकारहरुले होली पर्व समुहिकरुपमा मनाए ।

धरान १३, अमरहाटस्थित पत्रकार महासंघको कार्यालयबाट पत्रकारहरुले होली मनाउन शुरु गरेका थिए । एकआपसमा रंग,अबिर दलेर होली मनाउन शुरु गरेका पत्रकारहरुले आज प्रदेश नं १ का सभामुख प्रदिप भण्डारीसँग पनि होली मनाए । पत्रकारहरु सभामुख भण्डारीसँग होली मनाउन र शुभकामना आदनप्रदान गर्न भण्डारीको निवासमा गएका थिए । पत्रकारहरुले भण्डारीलाई रंग अबिर र भण्डारीले पनि पत्रकारहरुलाई टिका तथा रंग लगाइदिएर एकआपसमा शुभकामना बाँडेका थिए । सद्भावको पर्व भएकोले होलीमा एकआपसमा सद्भाव, भातृत्व तथा प्रेम बाँड्न समुहिकरुपमा पत्रकारहरुले पनि होली मनाउने गरिएको पत्रकार महासंघले जनाएको छ ।

patrakaar-holie9

सभामुख भण्डारीको निवासपछि पत्रकारहरु ब्लाष्ट टाइम्स दैनिकको कार्यालयमा पनि गएर होलीको शुभकामना आदनप्रदान गरेका थिए । त्यसपछि, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको निवासमा पुगे पनि भेट नभएकोले पत्रकारहरुले त्यहाँ होली मनाउन पाएनन् । त्यसपछि, धरान १२ स्थित अमान कृर्षि बजारमा पत्रकारहरुले सामुहिकरुपमा होली मनाएका थिए । त्यहाँ हरेक बर्ष मारवाडी समुदायले होली मनाउने गर्छन् । धरानका पत्रकारहरुले पनि त्यहाँ नाचगान गरेर होली मनाउन थालेका छन् ।

patra-holi2

 

सभामुख भण्डारीद्धारा होलीको शुभकामना सन्देश

सभामुख भण्डारीले हिजो बुधाबार नै होली पर्वको अवसरमा एक विज्ञप्ती जारी गर्दै फागु पुर्णिमा हिमाल, पहाड, तराईलाई एक सुत्रमा बाँध्दै आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने पर्वकोरुपमा स्थापित भएको भन्दै शुभकामना सन्देश दिएका थिए । उनले विविधतापुर्ण मुलुकमा हरेक जाति, सम्प्रदायहरुको चाडपर्व, परम्परा, भाषा, धर्म, सँस्कृतिको संरक्षण तथा एकअर्काको सम्मान गर्ने कामले मात्र राष्ट्रिय तथा सामाजिक एकता र सद्भाव बलियो पार्ने सभामुख भण्डारीको सन्देशमा उल्लेख छ ।

54523887_385434635521680_53

‘क्षम गरौ, हाँसौ हसाऔँ प्रेमपुर्वक जीवन बिताऔं भन्ने सन्देश दिने सबै नेपालीको साझा पर्वकोरुपमा विकसित यो पर्वले हामी बीच एकता, भाईचारा, सहिष्णुता र सद्भाव कायम गर्दै मुलुकको विकास निर्माणमा सबै खाले स्वार्थ भन्दा माथि उठेर साझा सहमति साथ अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछुँ,’सभामुख भण्डारीको विज्ञप्तीमा भनिएको छ ।

patrakar-holee9 patrakar-holeee24_1 patrakaar-holee1 patra-holiee57 patrakar-holes2