ताप्लेजुङ: ताप्लेजुङको मेरिङदिन गाउँपालिका २ सान्थाक्रामा भएको आगलागीमा १ जनाको मृत्यु भएको छ ।

हिजो राती ९ बजेको समयमा स्थानीय जित बहादुर आङवुङ लिम्बुको घरमा भएको आगलागीमा परी उनको श्रीमती ३५ बर्षीय बुद्धमाया आङवुङको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ । उक्त आगलागी ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती १० बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो