भोजपुर: भोजपुरमा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । आज बिहान ११ बजेको समयमा भोजपुर नगरपालिका ९ मा दिङलाबाट भोजपुरतर्फ आँउदै गरेको को १ ज २२६७ नम्बरको बलेरो अनियन्त्रीत भई दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा चालक केपीलासगढी गाउपालिका खोटाङका २६ बर्षीय कुमार राई, भोजपुर नगरपालिका ४ बस्ने वर्ष २४ को गणेश खड्का, षडानन्द नगरपालिका १० बस्ने वर्ष ३६ कि सरिता तामाङ, सरिता तामाङकि छोरी वर्ष ६ कि मिङ्मा ४ तामाङ र बर्ष २७ कि रन्जिता तामाङ रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।