उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका वडा नं. थापाडाँगीमा मादकपदार्थ सेवन गरी एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक साताअघि स्थानीय देवेन्द्र लिम्बुको भान्सा कोठामा मादकपदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षीय महिलालाई मादक पदार्थ सेवन गराएर जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले स्थानीय दुर्गा सिवाकोटी, सुरेश राई, बालकृष्ण खड्का, पपिन राई र रिठ्ठे भनिने लोक बहादुर लिम्बु पक्राउ परेको हो । पक्राउ गरिएकाहरुलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए ।

–ब्लाष्ट टाइम्स दैनिकबाट