बिराटनगर: १ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका ६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे १ प ६७९२ नम्बरको मोटरसाईकललाई शंकालागी चेकजाच गर्दा लागुऔषध वरादम भएको थियो । मोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका २ पुनर्बास बस्ने बर्ष २७ को सुरेश बिष्ट र पछाडी सवार ३४ बर्षका कालु प्रसाद राईले मोटरसाईकलको डिकिको भागमा लुकाएर ल्याएको ७६८ पिस स्पासमोप्रोक्सिबन क्याप्सुल फेला परेको थियो । लागुऔषध भेटिएपछि २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद मोटरसाईकल र लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका ९ घोडामारा चियाबगानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । बिहिबार साँझ साढे ७ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका ९ बस्ने वर्ष ३० को नरेन राजवंशीले शरीरको विभिन्न भागमा लुकाइ छिपाइ राखेको कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६३० पिस, मोबाइल १ थान र नगद रु २९,६५० सहित निजलाई नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।